ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद थपियो, फारम भर्नका लागि थप २ दिन

   वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ ।  पुस १८ देखि पुस २० गतेसम्मका लागि आवेदन फारम भर्ने म्याद थप गरेको हो । 

EPS परीक्षाका लागि आवेदन फारम भर्ने म्याद थपियो, फारम भर्नका लागि थप २ दिन

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद थपियो, फारम भर्नका लागि थप २ दिन


  वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले हालको परिस्थितिलाई मध्यनजर गर्दै कोरियामा shipbuilding sector का लागि आवेदन दिएकाहरूलाई manufacturing sector का लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको हो । पहिले उनीहरूलाई आवेदन फारम भर्ने म्याद  पुस १६ देखि १८ गतेसम्म  तोकिएको थियो।


Also read: How to Get Smart Driving License Card in just 3 day for studying abroad 


  पुस १३ गते ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाकाे आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै shipbuilding sector का युवाहरूले गरेको  आन्दोलनको क्रममा  दुई जना युवाको दुःखद  मृत्यु भएको थियो । त्यसपछि उच्च अदालत पाटनले कोरियामा shipbuilding sector का लागि आवेदन दिएकाहरूलाई manufacturing sector का लागि आवेदन फारम भर्न दिन पुस १३ गते आदेश जारी गरेको थियो । बालकुमारी घटना पछि  मानवीय समवेदनालाई  मध्यनजर गर्दै र पुस १६ गते आवेदन प्रकाशन गरिएको पहिलो दिन, प्राविधिक कारणले online मा समस्या आएको हुनाले २ दिन थप गरिएको  वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाकाे महानिर्देशक घिमिरेले बताए ।


ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद थपियो, फारम भर्नका लागि थप २ दिन

Download PDF




Eps Nepal email

eps.nepalgov@gmail.com

eps Nepal offical website link

www.epsnepal.gov.np

eps Nepal office location

EPS Korea Section, Gwarkho, Lalitpur, Nepal

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.