DoTM Driving License Smart Card Print Check Online: यदि तपाईं ड्राइभिङ लाइसेन्सकाे परीक्षामा पास हुनुभएको छ र आफ्नाे ड्राइभिङ लाइसेन्स स्मार्ट कार्ड प्रिन्ट भयाे कि भएन भनेर जान्न चाहनु हुन्छ भने यस blog लाई अन्त्यसम्म पढ्नुहोस्।
स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड प्रिन्ट भयाे कि भएन ? यसरी चेक गर्नुहोस् | DoTM Driving License smart card Print Check Online Nepal
१. आफ्नो माेबाइलमा रहेको Chrome Browser मा गएर Driving License Nepal टाइप गर्नुहोस्। यातायात व्यवस्था विभागको बेवसाइट खुल्छ ।
२. ' सवारी चालक अनुमतिपत्र खाेजी ' मा क्लिक गर्नुस्।
३. क्लिक गर्नासाथ तल फोटोमा जस्तै अर्को इन्टरफेस खुला हुन्छ जहाँ जन्म मिति र ड्राइभिङ लाइसेन्स नम्बर हाल्ने ठाउँ हुन्छ।
४. ड्राइभिङ लाइसेन्स परीक्षा पास गरेपछि प्राप्त लाइसेन्स रसिदमा रहेको जन्म मिति र लाइसेन्स नम्बर खाली ठाउँमा भर्नुहोस् र तल रहेको ' सर्च लाइसेन्स ' बटनमा क्लिक गर्नुहाेस्।
५ . यदि तपाईंको ड्राइभिङ लाइसेन्सको स्मार्ट कार्ड प्रिन्ट भैसकेको छ भने तल फोटोमा जस्तै तपाईकाे बिवरण सहितको स्मार्ट कार्डकाे ढाँचा देखिन्छ भने प्रिन्ट भएको छैन भने खाली ठाउँ हुन्छ।
६. यदि तपाईंको स्मार्ट लाइसेन्स देखाएको छ भने नजिकको यातायात व्यवस्थापन कार्यालयमा गएर आफ्नो स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड लिन सक्नुहुन्छ।
यसरी सजिलै आफ्नो ड्राइभिङ लाइसेन्स स्मार्ट कार्ड प्रिन्ट भए नभएको तपाईंले थाहा पाउन सक्नुहुन्छ।