Driving License in Nagarik App: नेपाल ट्राफिक प्रहरीको नयाँ नियम अनुसार चालकले आफ्नो सवारी चालक अनुमतिपत्र अर्थात् ड्राइभिङ लाइसेन्स भाैतिक रुपमा बाेक्न नपर्ने र नागरिक एपमा राखिएको ड्राइभिङ लाइसेन्स देखाए हुने जनाइएको छ।
तर यस नियमको केही सीमाहरु रहेको छ। आफ्नो Driving license लाई Nagarik app मा कसरी राख्ने, कस्तो समयमा यसले काम गर्दैन भनेर थाहा पाउन यस ब्लगलाई पुरा पढ्नुहोस्।
How to add driving license in Nagarik app | Driving License in Nagarik App
नागरिक एप के हो?
नागरिक एप नेपाल सरकारद्वारा नेपाली नागरिककाे लागि बनाइएको एप हाे । जसले सबै सरकारी कार्यालयकाे कामलाई सहज रूपमा गर्न मद्दत गर्दछ।
नागरिक एपले विभिन्न सरकारी कामहरु जस्तै विल तिर्ने , कर बुझाउने कामहरु बिना कार्यालय गई सजिलै घरमा बसि बसि गर्न सकिन्छ।
नागरिक एप कसरी डाउनलाेड गर्ने?
![]() |
Nagarik app in PlayStore |
नागरिक एपलाई सजिलै PlayStore बाट डाउनलाेड गर्न सकिन्छ। आफ्नो माेबाइलमा रहेको PlayStore मा गएर ' Nagarik App ' टाइप गरेर यस एपलाई डाउनलाेड गर्नुहोस्।
नागरिक एप चलाउन के कुराकाे आवश्यकता पर्दछ?
नागरिक एप नेपाली नागरिककाे लागि बनाइएको एप हाे र याे एपलाई चलाउन निम्न कुराहरू चाहिँन्छ:
१. आफ्नो नाममा दर्ता भएकाे मोबाईल नम्बर
२. नागरिक एपमा आफ्नो विवरण राख्न नागरिकता वा अन्य सरकारी कागजपत्र जस्तै; ड्राइभिङ लाइसेन्स, पासपोर्ट वा मतदाता परिचयपत्र।