Nagarik App बाट घर बसि बसि Free मा Online Police Report बनाउनुस् | Make Online Police Report In Nagarik App 2024

Make Online Police Report in Nagarik App

   Online Police Report Apply: कतै तपाई विदेश जाँदै त हुनुहुन्न? यदि बाहिर देश जाँदै हुनुहन्छ भने तपाईंलाई Police clearance certificate अर्थात् पुलिस रिपोर्ट काे आवश्यकता पर्दछ। 

  पछिल्लो समयमा पुलिस रिपोर्ट बनाउन काठमाडौं, त्रिपुरेश्‍वर स्थित नेपाल सरकारको परराष्ट्र मन्त्रालयकाे कन्सुलर सेवा विभागमा जानु पर्थ्यो । तर केही महिना अघिदेखि नेपाल सरकारले याे सेवालाई प्रभावकारी ढंगले अगाडि बढाउन Online Police Report सेवा सुचारु गरिएको छ। पुलिस रिपोर्ट बनाउन के के कागजपत्र आवश्यक पर्छ ?, कुन कुन तरिकाले पुलिस रिपोर्ट बनाउन सकिन्छ ? जस्ता अनेक प्रश्न तपाईको मनमा आउन सक्छ। यो ब्लगले Online Police Report संग सम्बन्धित सबै जिज्ञासा मेटाउने प्रयास गरेको छ । त्यसैले Online Police Report संग सम्बन्धित जानकारी लिन यस ब्लगलाई पुरा पढ्नुहोस्। 

(toc) Table of Content

How To Make Police Report Online At Home 


पुलिस रिपोर्ट बनाउन के के कागजपत्र आवश्यक पर्छ त?

How To Make Police Report Online At Home

  • सम्पर्क नम्बर: पुलिस रिपोर्ट बनाउदा केही समस्या आएमा सम्पर्क गर्न ।
  • इमेल: Temporary password र verification certificate तपाईको इमेल एड्रेसमा पठाइने हुदा इमेल समावेश गर्न आवश्यक पर्दछ ।
  • पासपोर्ट साइज फोटो: 3.5 cm x 4.5 cm dimensions भएको पासपोर्ट साइजको फोटोको digital image अपलोड गर्न आवश्यक पर्दछ ।
  • नागरिकता: आफ्नो नागरिकता कार्डको अगाडि र पछाडि दुवै पक्षको स्क्यान फोटो हुन आवश्यक छ।
  • राहदानी ( पासपोर्ट ): तपाईंको राहदानीको स्क्यान फोटो  आवश्यक पर्छ । 

पुलिस रिपोर्ट कुन कुन तरिकाले बनाउन सकिन्छ?

  पछिल्लो समयमा पुलिस रिपोर्ट बनाउन परराष्ट्र मन्त्रालयकाे कन्सुलर सेवा विभागमा नै जानु पर्थ्यो तर अहिले घरमै बसेर Online Police Report बनाउन सकिन्छ। 

Online Police Report


• नागरिक एपबाट पुलिस रिपोर्ट बनाउने तरिका


१. सर्वप्रथम आफ्नो माेबाइलकाे PlayStore मा गई Nagarik App डाउनलाेड गरी एपमा Login गर्नुहोस्।

make online Police Report in Nagarik app


२. त्यसपछि Nagarik App काे Police clearance Report मा गई Request Report मा क्लिक गर्नुस् । 

make online Police Report in Nagarik app
नाेट: नागरिक एपबाट पुलिस रिपोर्ट बनाउन आफ्नो नागरिकता र पासपोर्टलाई एपमा Link गर्न आवश्यक छ।

३. अब आफ्नो विवरणहरु राख्दै जानुहोस्। हामीले नागरिक एपमा आफ्नो नागरिकता र पासपोर्टलाई Link गरेकाे हुदा केही विवरणहरु स्वत भरिएको हुन्छ। 

make online Police Report in Nagarik app


४. सबै विवरण राखिसकेपछि Proceed मा क्लिक गरी सबै विवरण ठिक छ कि छैन भनि चेक गर्नुहोस् । सबै विवरण ठिक छ भने पुनः Proceed मा क्लिक गर्नुस्। 



५. यति गरेपछि तपाईंको Police Report Submit हुन्छ। तल फोटोमा जस्तै UNVERIFIED लेखिएको आउछ । 

make online Police Report in Nagarik app


६. पुलिस रिपोर्ट तयार भएपछि त्यहिँबाट आफ्नो पुलिस रिपोर्ट Download गर्न सकिन्छ। 

make online Police Report in Nagarik app



• नेपाल प्रहरीकाे वेबसाईटबाट Online Police Report बनाउने तरिका 

१. अनलाईन पुलिस रिपोर्ट बनाउनकाे लागि सर्वप्रथम https://opcr.nepalpolice.gov.np वेबसाईटमा गई आफ्नो नाम, फोन नं र इमेल राखि आफूलाई रजिस्टर गर्नुस्।

make online Police Report in Nagarik app


२. रजिस्टर भएपछि तपाईंको इमेल मा temporary password आउछ । दिएको पासवर्ड राखि Login गर्नुस् र नयाँ पासवर्ड राख्नुहोस्। 

make online Police Report in Nagarik app


३. Login भई सकेपछि नयाँ इन्टरफेस खुल्छ। तल फोटोमा जस्तै आफ्नो व्यक्तिगत विवरण राख्नुहोस् र next मा क्लिक गर्नुस् ।

make online Police Report in Nagarik app


४. अब आफ्नो स्थायी ठेगाना राखि तल रहेको Next वटनमा थिच्नुहोस् ।

make online Police Report in Nagarik app


५. तल फोटोमा जस्तै आफ्नो नागरिकताकाे विवरण , नागरिकताकाे अगाडि र पछाडि दुवै भागको स्क्यान गरिएको फोटो राखेर Next गर्नुस्।

make online Police Report in Nagarik app


६. यदि तपाईं कुनै अपराधमा संलग्न हुनुहुन्थ्यो भने Yes मा क्लिक गरी आफ्नो case काे बारेमा भर्नुहोस् । कुनै प्रकारको अपराधमा संलग्न हुनुहुन्न भने No अप्शन छानि Next मा क्लिक गर्नुस्।



७. अब आफूले राखेको सबै विवरण पुनः एक पटक हेर्नुहोस। यदि सबै विवरण ठिक छ भने submit मा क्लिक गर्नुस्। तपाईंको application submitted भैसकेपछि त्यसको ३ देखि ५ दिनभित्रमा तपाईंको पुलिस रिपोर्ट आउँछ । 
make online Police Report in Nagarik app



FAQ

अनलाईन पुलिस रिपोर्ट बनाउन कति खर्च लाग्छ?

हजुरले घरमै बसी बसी फ्रि मा अनलाईन मार्फत पुलिस रिपोर्टकाे फारम भरि फ्रि मा प्रहरी चारीत्रिक प्रमाणपत्र अर्थात् पुलिस रिपोर्ट लिन सक्नुहुन्छ।

नेपालमा Online Police Report आउन कति समय लाग्छ?

एकपटक तपाईंले online police report काे लागि सबै आवश्यक कागजात सहि तरिकाले पठाई सकेपछि पुलिस रिपोर्ट को प्रमाणपत्र आफ्नो इमेलमार्फत केही दिनमै पाउनु हुनेछ।

पुलिस रिपोर्टकाे कति महिना सम्मकाे म्याद हुन्छ ?

नेपालमा पुलिस रिपोर्टकाे म्याद ६ महिना सम्मकाे हुन्छ। ६ महिनापछि फेरि अर्काे फारम भरि नयाँ पुलिस रिपोर्ट बनाउनु पर्दछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.