MDMS Registration Nepal Check: नेपाल दूरसंचार प्राधिकरण ( NTA ) ले नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ( MDMS ) सुरु गरेकाे छ। जस अन्तर्गत MDMS दर्ता नभएका फोनहरु नेपालमा ब्लक हुनेछन् । यस्तो अवस्थामा MDMS भनेकाे के हो, कस्ताे फोनहरु ब्लक हुन्छन्, MDMS मा फोन दर्ता भए नभएको कसरी थाहा पाउने जस्ता अनेक प्रश्न तपाईको मनमा आउन सक्छ। यो ब्लगले MDMS संग सम्बन्धित केहि प्रश्न र जिज्ञासा मेटाउने प्रयास गरेको छ । त्यसैले MDMS संग सम्बन्धित जानकारी लिन यस ब्लगलाई पुरा पढ्नुहोस्।
(toc) Table of Content
MDMS मा फोन दर्ता भए नभएको कसरी थाहा पाउने? MDMS Registration Nepal Check
MDMS भनेको के हो ?
MDMS भनेको मोबाइल उपकरण व्यवस्थापन प्रणाली ( Mobile Device Management System) को छोटाे रूप हो। नेपालमा मोबाइल फोनलाई अवैध रूपमा भित्र्याउने काम अर्थात् कालो बजारी अन्त्य गर्ने, चोरी कम गर्ने, फोन हराएको अवस्थामा खाेजी गर्ने, राजस्व छलि निम्न गर्ने र अपराध अनुसन्धानलाई सहज बनाउने उद्देश्यले नेपाल दूरसंचार प्राधिकरणले २०८० जेष्ठ ०१ गते देखि MDMS प्रणाली नेपालमा लागु गरेको हाे ।
MDMS ले दर्ता नभएकाे फोन कसरी ब्लक गर्छ ?
MDMS ले माेबाइल फोनमा रहेकाे सिमको आधार मा मोबाइल को IMEI नम्बर, कुन कम्पनीको तथा कुन मोडल को मोबाइल हो भन्ने कुरा पहिचान गर्न सक्छ। अहिले नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल को IMEI नम्बरका आधारमा फोनकाे पहिचान गरी ब्लक गर्ने काम गरिरहेको छ ।
IMEI भनेको के हो?
सिम प्रयोग हुने मोबाइल फोनमा १५ अंकको IMEI नम्बर हुन्छ । IMEI नम्बर सबैकाे फरक फरक हुनेगर्दछ ।
आफ्नो IMEI कसरि थाहा पाउने?
आफ्नो मोबाईलको Phone Dialer मा गई *#०६# Dial गरेर त्यस मोबाइल फोनको IMEI नम्बर पत्ता लगाउन सकिन्छ ।
MDMS ले कस्ता फोन ब्लक गर्छ ?
विदेशबाट नेपालमा ल्याएकाे फोन १५ दिन भित्र MDMS मा दर्ता नभए वा गैरकानूनी रुपबाट नेपाल ल्याएका सबै माेबाइल फोनहरु बन्द अर्थात् ब्लक हुन सक्छ। २०८० साल कार्तिक २० गते देखि महंगा फोनहरु पहिलो चरण मा बन्द गर्न सुरु गरिएकाे छ ।
आफ्नो माेबाइल फोन MDMS मा दर्ता भए नभएको कसरी थाहा पाउने?
माेबाइल प्रयोगकर्ताले निम्न तरिकाले आफ्नो माेबाइल फोन MDMS मा दर्ता भए नभएको थाहा पाउन सकिन्छ:
१. माेबाइल फोनकाे ब्राउजरमा गएर mdms.nta.gov.np सर्च गर्नुस्
२. माथि तस्बिरमा जस्तै इन्टरफेस खुल्छ। थाेरै स्क्रोल गरेपछि तपाईंले आफ्नो IMEI नम्बर राख्ने ठाउँ देख्नुहुन्छ। त्यस खाली ठाउँमा आफ्नो IMEI भर्नुहोस् र खाेज्नुहाेस् मा थिच्नुहोस्।
३. अब तपाईको मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरण ( NTA ) को MDMS मा दर्ता भए नभएको स्क्रीन मा प-पअप हुन्छ।